संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम फागुन ६ गते

हिमाल प्रेस २४ माघ २०८० १६:१२
12
SHARES
संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम फागुन ६ गते

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम आउँदो फागुन ६ गतेका लागि तय भएको छ।

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए। सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ।

प्रकाशित: २४ माघ २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =