काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २४ माघ २०८० ११:३८
प्रतिक्रिया