काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशभरको बजेट गोरखा, चितवन र डडेलधुरामा मात्र समेटिएको आरोप लगाएका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन र निर्वाचन क्षेत्र भएको जिल्ला गोरखामा मात्र बजेट पठाएको बताएका छन्।
उनले तीन जिल्लामा मात्र बजेट पठाउन किन बजेट प्रस्तुत गर्नु (?) भन्दै प्रश्न गरेका छन्।
प्रकाशित: २४ माघ २०८० ११:१६
प्रतिक्रिया