११ जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक हेर्नुहोस् [नामावली]

हिमाल प्रेस २४ माघ २०८० ९:५८
10.5k
SHARES
११ जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक हेर्नुहोस् [नामावली]

काठमाडौँ- शिक्षक सेवा आयोगले थप चार जिल्लाको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले मंगलबार चारसहित हालसम्म ११ वटा जिल्लाको नतिजा प्रकाशन गरिएको जनाएको छ। आयोगले सोमबार पाँचथर, सुनसरी, सिराहा र दैलेखबाट परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको थियो।

त्यसैगरी आयोगले आइतबार तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको नजिता सार्वजनिक गरेको थियो। आयोगले गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले माघभित्रै सबै जिल्लाको नतिजा प्रकाशन गरिसक्ने जनाएको छ।

आयोगले लिखित परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने उम्मेदवारहरूले चैत १ गते कार्यालय समयभित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा निवेदन दिन सकिने जनाएको छ।

२५० रुपैयाँ राजस्व दस्तुर राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०००२०००१००००, कार्यालयको कोड ३५०२१३३०३, कार्यालयको नाम शिक्षक सेवा आयोग र राजस्व शीर्षक नं. १४२२४ मा बुझाइ प्रवेशपत्रको प्रतिलिपि पनि आवश्यक पर्ने आयोगले जनाएको छ।


प्रकाशित: २४ माघ २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =