प्रतिनिधिसभा बैठक बस्दै : केही विधेयक पारित गर्ने प्रस्ताव राख्ने

हिमाल प्रेस २४ माघ २०८० ७:०७
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै : केही विधेयक पारित गर्ने प्रस्ताव राख्ने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् बोलाइएको छ।

आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ।

बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ।

आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: २४ माघ २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =