भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय समितिको टोली र योगी आदित्यनाथबीच भेट

हिमाल प्रेस २३ माघ २०८० २०:४८
14
SHARES
भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय समितिको टोली र योगी आदित्यनाथबीच भेट

काठमाडौँ- भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको प्रतिनिधिमण्डलले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरेको छ। टोलीले लखनउस्थित सरकारी निवासमा भेट गरेको हो। भ्रमण समिति सभापति राजकिशोर यादवको नेतृत्वमा भइरहेको छ।

भ्रमण टोलीमा सभापति यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी छन्।

भेटपछि मुख्यमन्त्री आदित्यनाथले एक्स (ट्वीटर)मा तस्बिर राख्दै भेटघाटको जानकारी दिएका छन्।

प्रकाशित: २३ माघ २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =