नेपाल हराउँदै भारत फाइनल प्रवेश

हिमाल प्रेस २३ माघ २०८० १६:५९
26
SHARES
नेपाल हराउँदै भारत फाइनल प्रवेश

काठमाडौँ- लिग चरणको अन्तिम खेलमा नेपालमाथि ४-० को सहज जित निकाल्दै भारत बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गरे। चारै गोल दोस्रो हाफमा भएका हुन्।

खेलको ५४औं मिनेटमा नेहाको गोलमार्फत भारतले अग्रता लिएको थियो। ८० औं मिनेटमा स्नेहाले नै टोलीको अग्रता दोब्बर बनाइन्।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा सुलन्जनाले गोल गरेपछि भारत ३-० ले अगाडि बढ्यो। इन्जुरी समयमा सिन्डीले गोल गर्दै भारतलाई ४-० को सहज जित दिलाइन्।

भारतले उपाधिका लागि घेरलु टोली बंगलादेशको सामना गर्नेछ। नेपाल, भारत, बंगलादेश र भुटानसम्मिलित प्रतियोगितामा लगातार दुई खेल जित्दै बंगलादेश फाइनलमा स्थान बनाइसकेको छ। उसले बलियो नेपाल र भारतलाई नै हराएको थियो।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई १-० ले हराएको थियो। भारतले पहिलो खेलमा भुटानलाई १०-० ले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियाे।

प्रकाशित: २३ माघ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =