भित्रियो ओमोडा ई फाइभ गाडी

हिमाल प्रेस २३ माघ २०८० १५:३७
भित्रियो ओमोडा ई फाइभ गाडी

काठमाडौँ-  एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई फाइभ गाडी नेपाल भित्र्याएको छ । ६१ किलोवाटआवर ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहको गाडीले ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ। यो गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटन मिटर टर्कद्वारा सञ्चालित हुन्छ ।

ई फाइभ अत्याधुनिक सुविधाले सुसज्जित छ। एलईडी, प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन यो गाडीका विशेषता हुन्। गाडीको प्रारम्भिक मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम सुविधा पनि छ। जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सी ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी सुविधा छन्।

यसको बाहिरी एक्स्टेरियरमा, एक्स आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्र्ड मेट्रिक्स टेललाइट, टी आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइनद्वारा सुसज्जित छ ।

प्रकाशित: २३ माघ २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =