नेपाल जुडो संघलाई जापानको सहयोग

हिमाल प्रेस २३ माघ २०८० १५:२१
4
SHARES
नेपाल जुडो संघलाई जापानको सहयोग

काठमाडौँ- जापान सरकारले नेपाल जुडो संघलाई जुडो पोसाक सहयोग गरेको छ। मंगलबार काठमाडौंस्थित जापानी दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले संघलाई २४० थान जुडो पोसाक हस्तान्तरण गरे।

सो अवसरमा राजदूत किकुताले जापान जुडो फेडेरेसनको सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई मद्दत पुग्ने बताए। त्यस्तै नेपाल जुडो संघका अध्यक्ष दीपक बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताए।

प्रकाशित: २३ माघ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =