प्रतिनिधिसभाको अर्को बैठक बुधबार विहान ११ बजे

हिमाल प्रेस २२ माघ २०८० १६:४९
8
SHARES
प्रतिनिधिसभाको अर्को बैठक बुधबार विहान ११ बजे

काठमाडौँ- प्रतिनिधिसभाको अर्को बैठक बुधबार विहान ११ बजे बस्ने भएको छ। संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ भएको हो।

आज बसेको प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।

सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए।

उनले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे। राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

सभामुख घिमिरेले विधिको शासन, पारदर्शीता र जवाफदेहीता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए।

प्रकाशित: २२ माघ २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =