काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ।
आइतबार (हिजो) बिहान ८ बजे बस्ने भनिएको बैठक सोमबार (आज) बिहानलाई सारिएको हो।
बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक सारिएको हो।
प्रकाशित: २२ माघ २०८० ७:३७
प्रतिक्रिया