यू-१९ र प्रधानमन्त्री कपका उत्कृष्ट खेलाडी समेटेर क्यानले बनायो दुई टिम

हिमाल प्रेस २२ माघ २०८० ७:२२
210
SHARES
यू-१९ र प्रधानमन्त्री कपका उत्कृष्ट खेलाडी समेटेर क्यानले बनायो दुई टिम

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको एकदिवसीय श्रंखला र नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आईसीसी विश्वकप लिग-२ को लागि छुट्टाछुट्टै राष्ट्रिय टिम घोषणा गरेको छ।

क्यानडाविरुद्ध माघ २५ देखि २९ गतेसम्म तीन खेलको एकदिवसीय श्रृंखला हुनेछ।

त्यसपछि नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आईसीसी विश्वकप लिग-२ को खेल हुनेछन्। लिग-२ का खेल फागुन ३ देखि १३ सम्म हुनेछन्।

क्यानडाविरुद्धको खेलका लगि यू-१९ टिमका कप्तान देव खनाल र अनिल साहले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। यस्तै चोटका कारण यू-१९ विश्वकप गुमाएका हेमन्त धामी पनि राष्ट्रिय टिममा समावेश छन्।

प्रधानमन्त्री कपमा उच्च प्रदर्शन गरेका रिजन ढकाल र सूर्य तामाङले क्याडनाविरुद्धको टिममा स्थान पाएका छन्।

यू-१९ टिमका तीव्र गतिका बलर आकास चन्द पनि राष्ट्रिय टिममा समेटिएका छन्। चन्दले यू-१९ विश्वपकपमा प्रभाव छाड्न सफल भएका थिए। यता सूर्य तामाङ पनि उत्कृष्ट लयमा छन्। उनले प्रधानमन्त्री कपमा मात्र ३० विकेट लिएर सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनलाई लेग स्पीनर सन्दीप लामिछानेको ठाउँमा ल्याइएको हो।

लिग-२ र क्यानडाविरुद्धको श्रृंखलाका लागि पवन सर्राफ राष्ट्रिय टिममा फर्किएका छन्। सूर्य तामाङ र रिजन ढकालले दुवै टिममा स्थान बनाएका छन्।

बाँकी खेलाडीहरु पुरानै छन्। कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, ललित राजवंशी र सोमपाल कामी दुवै टिममा छन्। करण केसी, दीपेन्द्रसिंह ऐरी र अर्जुन साउद लिग २ टिममा मात्र छन्।

क्यानडाविरुद्धको नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ आरिफ शेख, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी,आकास चन्द, अनिल साह

लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल। वैकल्पिक – प्रतिश जिसी, देव खनाल, अनिल साह, विवेक यादव।

प्रकाशित: २२ माघ २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =