वर्षा र हिमपातको सम्भावना, जाडो बढ्ने

हिमाल प्रेस २२ माघ २०८० ६:५२
26
SHARES
वर्षा र हिमपातको सम्भावना, जाडो बढ्ने

काठमाडौँ- देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो।

कोशी, मधेश र बागमती प्रदेशमा बिहान साधारणतया बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: २२ माघ २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =