काठमाडौँ- भोलि (सोमबार)देखि संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै छ। विधेयक अधिवेशको रूपमा लिइने हिउँदे अधिवेशनको पहिलो बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी तयारी पुरा भएको संसद् सचिवालयले जानकारी दिएको छ।
बैठकका लागि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
कार्यसूची अनुसार बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको विद्युत् व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबल गरिने छ। योबाहेक अन्य कार्यसूची पनि तय भएको छ।
यस्तो छ सम्भावित कार्यतालिका
प्रकाशित: २१ माघ २०८० १७:२१
प्रतिक्रिया