गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : ओली

हिमाल प्रेस २० माघ २०८० १६:०५
10
SHARES
गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही काम गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन्।

अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए। ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए।

ओलीले बाँसबारीकाे सरकारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाए। एमाले सरकारकाे नेतृत्वमा हुँदा  तस्करीमा छानबिन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाएको बताए।

उनले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिट्यान्समा सरकारको ध्यान रहेको तर्क गरे। अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताए।

प्रकाशित: २० माघ २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =