प्रधानमन्त्रीसँगको भेटमा ओलीले भने : टीआरसी विधेयकलाई सहमतिबाटै टुंग्याउनुपर्छ

हिमाल प्रेस १९ माघ २०८० ११:४३
18
SHARES
प्रधानमन्त्रीसँगको भेटमा ओलीले भने : टीआरसी विधेयकलाई सहमतिबाटै टुंग्याउनुपर्छ फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान सिंहदरबारमा भेटवार्ता भएको छ। सो अवसरमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्ने बताएका छन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने बताए। यद्यपि ओलीले उक्त विधेयकमा एमालेका अडान कायमै रहेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी दिए।

‘टीआरसी विधेयकलाई सहमतिमै छिट्टै टुंग्याउने विषयमा छलफल भयो,’ओलीले भने। त्यस्तै प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको ओलीले बताएका छन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुंग्याउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =