रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

हिमाल प्रेस १९ माघ २०८० १०:०८
12
SHARES
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य एजेन्डा रहेको छ।

उनले भनिन्,‘आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ-आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ। यस्तै यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ।’

प्रकाशित: १९ माघ २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =