यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल

हिमाल प्रेस १९ माघ २०८० ६:२९
16
SHARES
यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल तस्बिर : क्यान

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा हुँदैछ।

सुपर सिक्सका दुई खेलअगावै विश्वकपको सेमिफाइनलबाट बाहिरिएको नेपालका लागि आजको खेल अन्तिम हो। भारतसँग नेपालले पछिल्ला खेलमा जित निकाल्न सकेको छैन। दुई महिनाअगाडि एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको थियो।

विश्वकपमा भने नेपाल भारतसँग आज तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघिका दुवै खेलमा नेपाल पराजित भएको छ।सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो। अफगानिस्तानविरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो।

प्रकाशित: १९ माघ २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =