भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० [तस्बिरहरू]

दिपेश श्रेष्ठ १८ माघ २०८० १५:२७
10
SHARES
भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० [तस्बिरहरू]

काठमाडौँ- नेपाल बिल्डकन एक्स्पो बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री प्रकाशशरण महतले गरेका हुन्।

विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम् प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

२१ गतेसम्म हुने प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरूका १५० भन्दा बढी स्टल रहेका छन्। प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउनेछन्।

प्रकाशित: १८ माघ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =