काठमाडौँ– शौर्य सिमेन्ट ई. लिमिटेड एवम् स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ।
उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवं शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यबारे जानकारी गराइएको थियो।
कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतद्वारा भक्तपुरका बासिन्दालाई सुपथ मूल्यका साथै सहज रूपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको छ। कार्यक्रममा देशमा आर्थिक संकटले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरूद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो।
कार्यक्रमको सभापतित्व स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीले गरेका थिए। कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल, शौर्य सिमेन्टका ब्रान्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत, प्राविधिक प्रमुख दिवस देवकोटा एवं भक्तपुरका विभिन्न निर्माण क्षेत्रका कन्ट्र्याक्टरहरू उपस्थित थिए।
सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ।