२९ बिघा १७ कट्ठा सरकारी जग्गा व्यक्तिका नाममा बनाइएको भन्दै  १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १३ फागुन २०८० १८:१० | Sunday, February 25, 2024
२९ बिघा १७ कट्ठा सरकारी जग्गा व्यक्तिका नाममा बनाइएको भन्दै  १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीस्थित नापी कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृतसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आइतबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएर भ्रष्टाचार गरेको पुष्टि भएकाले कैद र बिगोसहित जरिबानाको माग गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ। अख्तियारले नापी कार्यालय चन्द्रगढीका १० जना, मालपोत कार्यालय दमकका ११ जना र नापी कार्यालय दमकका ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दाय गरेको हो।

यस्तै सुरु जग्गा दर्तावाल ३६ र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि १०८ जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

झापाको साबिक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम भएको बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको २९ बिघा १७ कट्ठा ४ धुर जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाविक जग्गा दर्ता भएको अख्तियारको भनाइ छ।

हेर्नुहोस् आरोपपत्र

प्रकाशित: १३ फागुन २०८० १८:१० | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast