हन्टर ३५० मोटरसाइकलको कार्निभल सम्पन्न

हिमाल प्रेस १३ फागुन २०८० १५:२० | Sunday, February 25, 2024
हन्टर ३५० मोटरसाइकलको कार्निभल सम्पन्न

काठमाडौँ– रोयल इन्फिल्डले हन्टर कार्निभल ‘राइड एन्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ। रोयल इनफिल्डका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर, शंखमुलमा सम्पन्न भएको छ।

कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टल र म्युजिकल पर्फमेन्स्गायतका प्रस्तुति थिए। कार्यक्रममा १२०० जना सहभागी थिए।

प्रतियोगितामा  सञ्जय बुढाथोकी पहिलो, राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठ तेस्रो भएका छन्। उनीहरूलाई पदक, प्रमाणपत्र, रोयल इन्फिल्डको राइडिङ ज्याकेट, हेल्मेट लगायतका सामान प्रदान गरिएको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।

प्रकाशित: १३ फागुन २०८० १५:२० | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast