सेरेसको थ्री एस सुविधासहितको सोरुम बुटबलको कालिकानगरमा

हिमाल प्रेस १४ फागुन २०८० १३:२३ | Monday, February 26, 2024
सेरेसको थ्री एस सुविधासहितको सोरुम बुटबलको कालिकानगरमा

काठमाडौँ– सेरेसले बुटवलको कालिकानगरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सोरुम स्थापना गरेको हो।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसिपका लागि ई एम मोटर्ससँग साझेदारी गरेको छ। सोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकलाई सेरेस ईभीको अन्वेषण गर्ने हबका रूपमा काम गर्ने विश्वास कम्पनीको छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेस हेड प्रसन्न पन्त, इएम मोटसका डाइरेक्टर राजेश घिमिरेलगायतले सोरुम उद्घाटन गरेका थिए। समारोहमा अग्रज उद्यमीलगायत अन्य महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति थियो।  सोरुम उद्घाटनका अवसरमा इएम मोटर्सले एकजना ग्राहकलाई सेरेस थ्री इभी गाडी हस्तान्तरण गरेको छ।

प्रकाशित: १४ फागुन २०८० १३:२३ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast