सुबासको निर्देशनमा स्वरूपराज आचार्यको ‘अजम्बरी नाता’

हिमाल प्रेस १५ फागुन २०८० १५:४२ | Tuesday, February 27, 2024
सुबासको निर्देशनमा स्वरूपराज आचार्यको ‘अजम्बरी नाता’

काठमाडौँ– गायक स्वरूपराज आचार्यको स्वरमा ‘अजम्बरी नाता’ गीतको भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज)को शब्द रहेको गीतमा सूर्य दयालुको संगीत तथा संगीत संयोजन छ।

गीतकाे भिडियाे प्रेम, बिछोड र मिलनको कथामा बनेको  छ। भिडियो सुबास जि.सी.को निर्देशन गरेका छन्।  भिडियोमा शिल्पा पोखरेल, बिष्णु शदा शंकर, बद्री पुडासैनी, अनिता श्रेष्ठ र दिनेश शदा शंकरले अभिनयकाे अभिनय देख्न सकिन्छ।

रेशम दर्लामीले छायांकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो।

उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस्ताे छ गीत

प्रकाशित: १५ फागुन २०८० १५:४२ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast