‘सहकारी ठग्ने, दुईचार थान नागरिकता राख्ने, अख्तियारबाट डामिएकालाई घर पठाइदिउँ’

हिमाल प्रेस १४ फागुन २०८० १३:४३ | Monday, February 26, 2024
‘सहकारी ठग्ने, दुईचार थान नागरिकता राख्ने, अख्तियारबाट डामिएकालाई घर पठाइदिउँ’ प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरे।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ,’ उनले भने, ‘सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।’

केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको भनाइ उनको छ।

प्रकाशित: १४ फागुन २०८० १३:४३ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast