सर्मिला वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

हिमाल प्रेस १७ फागुन २०८० १७:३१ | Thursday, February 29, 2024
सर्मिला वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ– हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ परेकी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार अदालतमा उपस्थित गराएको थियो।

उनलाई म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार खतिवडामाथि कुटपिटसम्बन्धी घटनाको अनुसन्धानका लागि अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीका रुपमा स्वीकारेर घरमा नराखेको र सम्बन्धविच्छेद पनि गर्न नचाहेको कुरा सामाजिक सञ्जालमा ल्याएपछि पवनमाथि शर्मिलासहितले कुटपिट गरेका थिए।

सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए।

प्रकाशित: १७ फागुन २०८० १७:३१ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast