समाचार सार्ने १८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

हिमाल प्रेस १६ फागुन २०८० १८:३७ | Wednesday, February 28, 2024
समाचार सार्ने १८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं – पछिल्लो डेढ वर्षमा हुबहु समाचार सार्ने १८३ अनलाइनलाई प्रेस काउन्सिलले कारबाही गरेको छ। काउन्सिलले आज एक विज्ञप्तिमार्फत गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यमलाई कारबाही गरेको जनाएको हो।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ वटालाई सचेत गराइएको छ।

‘मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ,’ काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेको थियो। बैठकले हुबहु समाचार सार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ।

प्रकाशित: १६ फागुन २०८० १८:३७ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast