काठमाडौँ– बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बुधबार विशेष अदालतले खाँलाई तीन लाख दुई हजार १९७ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार १४ गते खाँविरुद्ध छात्रवृत्ति वितरणतर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल तीन लाख दुई हजार १९७ रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दायर गरेको थियो।
बाँके जिल्ला शिक्षा कार्यालयबाट २०६८ देखि २०७४ सालसम्म छात्रवृत्तिका लागि प्राप्त रकममा, कम्प्युटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको उजुरी परेपछि खाँमाथि अख्तियारले अनुसन्धान गरेको थियो।
प्रकाशित: २ फागुन २०८० १७:२० | Wednesday, February 14, 2024
प्रतिक्रिया




