बेपत्ता जर्मन पर्यटकको शव भेटियो

हिमाल प्रेस १३ फागुन २०८० ९:५६ | Sunday, February 25, 2024
बेपत्ता जर्मन पर्यटकको शव भेटियो भीरमा रहेको शव निकाल्ने प्रयास गर्दै रहेका सशस्त्र प्रहरी। तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ- पोखराबाट फर्किने क्रममा वेपत्ता भएकी जर्मन युवती मृतावस्थामा फेला परेकी छन्। सशस्त्र प्रहरीको विपद् उद्दार टिमले जर्मन २१ वर्षीय ती युवतीलाई आइतबार बिहान मृतावस्थामा फेला पारेको हो।

कास्कीको पोखराबाट फर्कने क्रममा जर्मन युवती शनिबार साँझदेखि वेपत्ता थिइन्। जर्मन युवतीको शव माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भीरको रूखमा अड्किएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका १मिर्सा भन्ने ठाउँको भीरबाट खसेर जर्मन युवती बेपत्ता भएको खबर शनिबार प्रहरी बिटमा पुगेको थियो।

खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नं २४ कालिका गण कास्की बाट खोजतलासको लागि १५ जनाको उद्दार टिम राति नै परिचालन गरिएको हो।

खोजतलासका क्रममा आइतबार बिहान सोही भीरको एक रूखमा अड्किएको अवस्थामा उनको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

अहिले भीरबाट डोरीको सहायतामा रोप रेस्क्यु विधि मार्फत शवलाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ।

प्रकाशित: १३ फागुन २०८० ९:५६ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast