 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दू राष्ट्र हटाइएको आरोप लगाएका छन्।
मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजासँग संवैधानिक राजसंस्था राख्ने सहमति भए पनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन्।
मुलुकलाई सनातन हिन्दू राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए। थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे।
उनले सत्ताको खेलको नियम परिर्वतन नभए सम्म भ्रष्ट व्यावस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 