वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

हिमाल प्रेस १४ फागुन २०८० १३:३४ | Monday, February 26, 2024
वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौँ– बैंक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएसु उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० बीच क्रस बोर्डर ९अन्तरदेशीय० डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ।

समझदारीपत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस ुकार्यान्वयन साझेदारु हुने वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसले जनाएको छ।

यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई) को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस-भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ। यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउने विश्वास कम्पनीको छ।

वानप्वाइन्टले हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १४ फागुन २०८० १३:३४ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast