लोसपाका महासचिव झा पार्टीबाट निष्कासित, अब महतोको अभियानमा

हिमाल प्रेस १५ फागुन २०८० १८:२५ | Tuesday, February 27, 2024
लोसपाका महासचिव झा पार्टीबाट निष्कासित, अब महतोको अभियानमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव केशवकुमार झा पार्टीबाट निष्कासित भएका छन्। लोसपाले मंगलबार उनलाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टीको प्रतिष्ठा र मर्याादामा आँच आउने तथा पदीय आचरण विपरीत कार्य गरेकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता डा. आभाष लाभले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

झाले भने आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताएका छन्। उनले यसअघि अध्यक्ष महन्थ ठाकुरका कारण पार्टी नै समाप्त हुन लागेको आरोप लगाएका थिए।

अहिले उनी राजेन्द्र महतोले थालनी गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानमा लागेका छन्। ‘नयाँ मिसनमा लागौँ भनेर महतोले आग्रह गर्नुभएको छ,’ उनले भने, ‘राजेन्द्र महतो र हामी सँगै छौँ।’

प्रकाशित: १५ फागुन २०८० १८:२५ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast