ललितपुरको इमाडोलमा दुई बच्चा मृत भेटिए, आमा गम्भीर घाइते

हिमाल प्रेस २८ माघ २०८० ७:५१ | Sunday, February 11, 2024
ललितपुरको इमाडोलमा दुई बच्चा मृत भेटिए, आमा गम्भीर घाइते

काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको साँझ मृत्यु भएको जानकारी दिए।

घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताए।

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। रासस

प्रकाशित: २८ माघ २०८० ७:५१ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast