काठमाडौँ– रोयल इन्फिल्ड ‘हन्टर कार्निभल आयोजना हुने भएको छ। सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले हालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल हुन लागेको हो।
कर्निभल फागुन १२ गते इजी वे ट्रायल सेन्टर शंखमुलमा हुनेछ। कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटरसाइकल परेड, फुड स्टल र म्युजिकल पर्फमेन्सलगायतका कार्यक्रमहरु हुने अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।
प्रकाशित: ८ फागुन २०८० १३:२६ | Tuesday, February 20, 2024
प्रतिक्रिया





