काठमाडौँ- धाविका राजपुरा पछाईले उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड पाएकी छन्। पल्सर स्पोर्टस् अवार्डमा मध्यम तथा लामो दूरीकी धाविका पछाईले सो अवार्ड जित्न सफल भएकी हुन्।
पछाईले एसियाली क्रसकन्ट्रीको महिला १० किलोमिटर र टिम इभेन्टमा गरी दुई रजत पदक जितेकी थिइन्। उनले पुरस्कारबापत पल्सर मोटरसाइकल पाएकी छन्।
प्रकाशित: २८ माघ २०८० १९:४९ | Sunday, February 11, 2024
प्रतिक्रिया





