युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा

हिमाल प्रेस ७ फागुन २०८० ११:५२ | Monday, February 19, 2024
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा

काठमाडौँ- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औँ वार्षिक साधारणसभा (मर्जरपछिको पहिलो साधारणसभा) सम्पन्न भएको छ। साविकको युनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड गाभिएपछि संयुक्त रूपमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका नामबाट मिति २०८० जेठ १४ गतेदेखि एकीकृत कारोबार भएको थियो। मर्जरपछि चुक्ता पुँजी १,९०,४५,६८,००० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको थियो।

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९,५४,३२,००० रुपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम १,०२,८५,८९४.७४ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ।

प्रकाशित: ७ फागुन २०८० ११:५२ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast