काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ शून्य पैसा रहेको छ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ रहेको छ।

                            प्रकाशित: ४ फागुन  २०८० ८:३९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

