यस्ताे छ ‘काँडेतार’को ट्रेलर

हिमाल प्रेस २ फागुन २०८० १२:५१ | Wednesday, February 14, 2024
यस्ताे छ ‘काँडेतार’को ट्रेलर

काठमाडौँ- फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ। नवल खड्का निर्देशित फिल्म नेपाल र भारतको सीमाना काँडेतार लगाइनुपर्छ भन्ने विषयमा आधारित छ।

नेपालको सीमाअतिक्रमणको विषय उठान गरिएको फिल्ममा निर्देशकनवलसहित गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ।

सेन्सर पासमा अनेकन लफडालाई पार गर्दै फिल्म यही फागुन २५ लाई प्रदर्शन मिति ताेकिएकाे छ।  सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत छ। फिल्मको पटकथा लेखनमा निर्देशक खड्काले शिवम अधिकारीसँग सहकार्य गरेका छन्।

फिल्मका निर्मातामा पनि नवलसँगै माकिको राई र अन्जु केसी छन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माताको भूमिकामा छिन्। सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ।

यसअघि नेपाली भूमिमाथि हुने गरेको भारतीय अतिक्रमणको विषयमा निर्देशक खड्काले फिल्म ‘दशगजा’ बनाएका थिए। यो उनको दोस्रो देशभक्ति फिल्म हो।

प्रकाशित: २ फागुन २०८० १२:५१ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast