मस्यौदामाथि छलफलका लागि माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै

हिमाल प्रेस २७ माघ २०८० ७:१६ | Saturday, February 10, 2024
मस्यौदामाथि छलफलका लागि माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

हिजोको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन्। विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशी श्रेष्ठले धारणा राखेका थिए।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ। फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ।

 

प्रकाशित: २७ माघ २०८० ७:१६ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast