‘बोक्सीको घर’ को पोस्टर सार्वजनिक

हिमाल प्रेस २ फागुन २०८० १६:०० | Wednesday, February 14, 2024
‘बोक्सीको घर’ को पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’को पहिलो पोस्टर सार्वजनिक भएको छ। भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रणय दिवसको अवसरमा बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।

बैशाख १४ गते प्रदर्शन हुने भनिएको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ। फिल्म महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरिकाे कथामा बनेकाे छ।

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका छन्। फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बाँस्तोलालगायतको अभिनय रहेको छ।

कुप्रथालाई चित्रण गरिएको फिल्मका निर्माता अभिनेत्री केकीका बाबु बद्री अधिकारी हुन्। भने राज घिमिरे कार्यकारी निर्मातामा छन्।

शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेकाे फिल्म केकी अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २ फागुन २०८० १६:०० | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast