बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’

हिमाल प्रेस २७ माघ २०८० १७:४३ | Saturday, February 10, 2024
बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’

तनहुँ- बन्दीपुर गाउँपालिकाका लागि ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिने भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच उक्त कार्यक्रमका लागि सम्झौता गरिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव यमुना श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाबीच शुक्रबार दुई पक्षीय सम्झौता भएको हो।

उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ क्षेत्रमा कार्यक्रम गरिनेछ। प्रदेश सरकारबाट परिपत्र भएपछि लगत्तै काम सुरु गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम गरिसक्नुपर्नेछ।

गाउँपालिका–१, २ र ४ का पर्यटन क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्य गरिनेछ। उनले भने,‘विशेषगरी बन्दीपुरबाट सिद्धगुफा जाने बाटोलाई बढी केन्द्रित गरेको छ।’ मुख्यमन्त्री कार्यालय पोखराबाट ७५ लाख र गाउँपालिकाबाट २८ लाख ९५ हजार तीन सय गरी कूल एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ।

उक्त कार्यक्रमअन्तर्गत सौन्दर्यीकरण, सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्रलगायत क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए। उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २७ माघ २०८० १७:४३ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast