बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

हिमाल प्रेस ७ फागुन २०८० ११:३९ | Monday, February 19, 2024
बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

काठमाडौँ– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलका बिरुवा रोपिएको छ। १०० भन्दा धेरै एनएस ग्राहक सहभागी राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाईघाट, लहानलगायतका विभिन्न स्थानका राइडर सहभागी थिए।

कार्यक्रममा सहभागी सबै राइडरले उत्साहका साथ वृक्षरोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलमा भाग लिएका थिए। विभिन्न खेलका विजेतालाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो।

प्रकाशित: ७ फागुन २०८० ११:३९ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast