प्रावि शिक्षक : यी जिल्लाको नतिजा सार्वजनिक

हिमाल प्रेस १ फागुन २०८० ९:५८ | Tuesday, February 13, 2024
प्रावि शिक्षक : यी जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

आयोगले सोमबार संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडी जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

यीसहित आयोगले हालसम्म ३८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

जसमा संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही, बैतडी,भोजपुर, पर्सा, प्युठान, मुगु, कैलाली, खोटाङ, बारा, मनाङ छन्।

अर्घाखाँची, रोल्पा, मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापा जिल्ला छन्।


बाँकी नामावली यहाँ हेर्नुहाेस्

प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]

प्रकाशित: १ फागुन २०८० ९:५८ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast