प्रधानमन्त्रीलाई गगनको प्रश्न : सरकारले गर्दा विप्रेषणको रकम घटेको हो?

हिमाल प्रेस ६ फागुन २०८० १३:१६ | Sunday, February 18, 2024
प्रधानमन्त्रीलाई गगनको प्रश्न : सरकारले गर्दा विप्रेषणको रकम घटेको हो? प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकार विदेशी मुद्रा संचिति बढेको भन्दै दंग हुनुपर्ने अवर्था नभएको बताएका छन्।  आज आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै थापाले अर्थतन्त्रको सूचांक ढुक्क हुनुपर्ने अवस्थामा नभएको बताएका हुन्।

‘अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी मिल्दैन भन्न पनि मिल्छ। आंशिक सहि छ। विदेशी मुद्रा संचिति बढ्यो भनेर दंग पर्नुपर्ने पनि आधार रहेन,’ उनले भने, ‘सरकारले गर्दा विप्रेषणको रकम घटेको हो? यो बीचमा सरकारले के गर्‍यो, जसले विप्रषण बढ्यो? यो आर्थिक वर्षको बाँकी रहेको समयमा अहिले गरेको भन्दा के फरक गर्नुहुँदै छ? जसको कारणले अहिले नउठेको राजश्व उठ्छ? के नयाँ नीति, नियम ल्याउँदै हुनुहुन्छ? नियतमा बदलाव कसरी ल्याउँदै हुनुहुन्छ?’

थापाले प्रधानमन्त्रीले अर्थतन्त्री सुधारका लागि राम्रा काम गर्ने भनेर प्रधानमन्त्रीले भनेको तर त्यो राम्रो काम केके हो भन्ने  पनि जवाफ माग गरेका छन्।

प्रकाशित: ६ फागुन २०८० १३:१६ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast