प्यालेस्टाइनसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाली महिला टोली

हिमाल प्रेस १२ फागुन २०८० ९:४७ | Saturday, February 24, 2024
प्यालेस्टाइनसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाली महिला टोली

काठमाडौँ- वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली टोलीले आज समूह चरणको अन्तिम खेल खेल्दैछ।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन्।

समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्। आजको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ।

नेपाल आज हारेमा प्यालेस्टाइन समूह विजेता बन्नेछ भने नेपाललाई बराबरी नै पर्याप्त हुनेछ। नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० गोलले हराउँदै ६ अंक जोडेको छ।

इराकसँगको खेलमा पाँच गोल गोल गरेकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट ५० गोल गर्ने पहिलो खेलाडी बनेकी छन्। प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा पुगेको हो।

समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित: १२ फागुन २०८० ९:४७ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast