पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

हिमाल प्रेस १ फागुन २०८० १८:२५ | Tuesday, February 13, 2024
पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु तस्बिर : दिनेश घिमिरे

काठमाडौँ- पाल्पाको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गको क्षेत्र पर्ने तिनाउ गाउँपालिका–५, मस्यामको चिदिवासमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले हिमालप्रेसलाई जानकारी दिए।

‘२३ जना सवार जिप दुर्घटना भएको जानकारी आएको छ,’ उनले भने, ‘आठ जनाको घटनास्थल मै मृत्यु भएको छ। केही घाइते भएका छन्।’ उनले स्थानीय र प्रहरीले घाइतेको उद्धार गरिरहेको बताए।

प्रकाशित: १ फागुन २०८० १८:२५ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast