पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न आग्रह

हिमाल प्रेस १४ फागुन २०८० १७:१० | Monday, February 26, 2024
पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न आग्रह

इस्लामावाद- पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र मातृ एवं नवजात शिशु मृत्युको चुनौतीसँग लड्नका लागि मिलेर काम गर्न राष्ट्रलाई आह्वान गरेका छन्। आइतबार एक कार्यक्रममा उनले मुलुकमा दुई करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेको बताए।

उनले चीनले स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रीत गरेको भन्दै करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए। पाकिस्तानले पनि सोही मोडेल पालना गर्नुपर्ने राष्ट्रपति अल्वीको भनाइ छ।

मुलुकको विकासमा महिलाको भूमिकामाथि प्रकाश पार्दै उनले पाकिस्तानमा महिला सशक्तीकरणको लक्ष्यलाई प्राप्त गर्न उनीहरूका लागि स्वास्थ्य र शिक्षा सुविधाहरूको प्रावधान महत्त्वपूर्ण तत्व भएको बताए।

उनले महिलाहरूलाई श्रमशक्तिमा सामेल गरी र उनीहरूलाई मुलुकको आर्थिक वृद्धिमा योगदान दिनका लागि सुरक्षित कामकाजी वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए। रासस/सिन्ह्वा 

प्रकाशित: १४ फागुन २०८० १७:१० | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast