पहिलो खेलमा क्यानडासँग नेपाल ‘ए’ पराजित

हिमाल प्रेस ६ फागुन २०८० १७:५९ | Sunday, February 18, 2024
पहिलो खेलमा क्यानडासँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भएको छ। जितसँगै क्यानडाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार नेपाल ‘ए’ ले प्रस्तुत गरेको २१७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। क्यानडाका लागि नवनीत धलिवालले ७६ बलमा १० चौका रदुई छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे।

यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविसिजत ६७ , कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रित बाज्वाले १० रन बनाए।

नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद प्रतिश जित र सागर ढकालले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा विकेट आठ गुमाउँदै २१६ रनको योगफल तयार पार्‍यो।

नेपाल ‘ए’का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे। यसैगरी रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए।

क्यानडका लागि साद बिन जाफले तीन, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक विकेट लिए।

प्रकाशित: ६ फागुन २०८० १७:५९ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast