काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई दृष्टिगत गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
अब बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ। नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
प्रकाशित: ११ फागुन २०८० १५:१३ | Friday, February 23, 2024
प्रतिक्रिया





