नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा काठमाडौँको स्वयम्भू र बालाजुमा

हिमाल प्रेस १० फागुन २०८० १३:११ | Thursday, February 22, 2024
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा काठमाडौँको स्वयम्भू र बालाजुमा

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौँमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौँ महानगरपालिका-१५ मा स्वयम्भू शाखा र काठमाडौँ महानगरपालिका-१६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन्।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवासुविधा दिने बताए। बैंकले गत महिना काठमाडौँमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे थियो।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६२ वटा एटीएममार्पmत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १० फागुन २०८० १३:११ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast